१२ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025

सन्धिखर्कमा लाग्यो ‘गो ब्याक इन्डिया’ को नारा



अर्घाखाँची ।
भारतबाट हालै जारी भएको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएको विरोधमा सन्धिखर्कमा प्रदर्शन भएको छ । भारतले नेपालको भू-भाग भारतीय नक्सामा राखेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियु, कांग्रेस सम्बद्ध नेविसंघ र जनमोर्चा निकट अनेरास्ववियु (छैठौं) लगायतका विद्यार्थी संगठनले बिहीबार बिहान संयुक्तरुपमा विरोर्ध याली गरेका हुन् ।
‘लिपुलेक हाम्रो हो’ ‘गो ब्याक इन्डिया’ लेखिएको प्ले कार्डसहिर्त याली गरेका विद्यार्थी संगठनले ‘लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै नारा लगाएका थिए र्। याली सन्धिखर्कको पाणिनी क्याम्पसबाट बजार परिक्रमा गरी शान्ती बगैंचामा आई कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने वक्ताले भारतको यो हेपाहा प्रवृत्ति आफूहरुलाई मान्य नहुने भन्दै उनीहरुले नक्सा नसच्याउँदासम्म चुप लागेर नबस्ने बताए । सरकारले तत्काल कदम चाल्न पनि उनीहरुले माग राखेका छन् । कोण सभामा पाणिनी बहुमुखी क्याम्पसका स्ववियु सभापति लक्ष्मण खड्का, अनेरास्ववियुका प्रदिप नेपाली नेविसंघका भरतमणी भट्टराई, अनेरास्ववियु (छैठौं) का सन्देश खनाल लगायतले मन्तव्य राख्दै नेपालको भूमि भारतीय नक्सामा राखेर भारतले नेपालको अपमान गरेको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६ बिहिबार ००:००  २ : ०५ बजे