३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025

कालापानीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक



काठमाडौँ ।
भारतले आफूले केही दिनअघि जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र आफ्नो सीमामा समेटेपछि विभिन्न पक्षबाट यसको विरोध भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो चार बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन्।
बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसाथै पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीसहित सीमाका जानकारहरु समेत आमन्त्रित गरिएका छन्। स्रोतका अनुसार प्रधानमन्त्रीले सीमा विवाद चर्कँदै जाँदा सबै पक्षसँग छलफल गर्न चाहेका हुन्।
भारतले कालापानी क्षेत्र आफ्नो नयाँ नक्सामा समेटेपछि विभिन्न राजनीतिक दलका भ्रातृसंगठनहरुसाथै सर्वसाधारणहरुले पनि यसको विरोध गरिरहेका छन्। सरकारले पनि एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्र आफ्नो भूभाग रहेको स्पष्ट पारेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७६ शुक्रबार ००:००  ७ : १० बजे