६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

हिमलाल वाग्लेले वक्तव्य निकाल्दै भने, ‘म राष्ट्रिय जनमोर्चा मै छु’



मायादेवी अनलाइन, वाणगंगा ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुका पाका नेता हिमलाल वाग्लेले पार्टीले निष्काशन गरेपनि आफू राष्ट्रिय जनमोर्चा मै रहेको एक प्रेस वक्तव्य शनिबार जारी गर्दै जानकारी गराउनुभएको छ । वाग्लेलाई एक महिना पहिला पार्टीले कारबाही गरेको भन्दै विज्ञप्ति निकालेको थियो ।
पार्टीका बौद्धिक नेता समेत रहेका वाग्लेद्धारा जारी वक्तव्यमा भनिएको छ, “मिति २०७६ असोजमा राजमो कपिलवस्तुले मलाई जिल्ला सदस्यबाट निस्कासन गरेको बक्तब्य जारी गरेको थियो । बक्तब्यमा पार्टी निति बिपरित काम गरेको भन्ने उल्लेख गरेको थियो, तर कुन बिषयमा पार्टी नीति बिपरित काम गरे उल्लेख छैन् । मैले पार्टीलाई के चुनौती दिन चाहन्छु भने कुन बिषयमा पार्टीको निति बिपरित काम गरे सार्वजनिक गरोस् । मैले दाबीका साथ भन्न सक्छु पार्टीको क्रान्तिकारी नितिका बिपरित कुनै कार्य गरेको छैन् ।”
पार्टीको दुई लाईनको संघर्षमा महामन्त्री मोहनबिक्रम सिंहको प्रश्तावको बिपक्षमा रहेको हुनाले आग्रह पूर्वाग्रहका साथ विभिन्न बाहना बनाएर मलाई कारबाही गरिएको हो । यस बिषयमा भ्रममा नपर्न सम्पुर्णमा अनुरोध गर्दछु, साथै आफु राष्ट्रिय जनमोर्चामा नै रहेको स्पष्ट पार्न चाहन्छु । विज्ञप्तिमा भनिएको छ ।
पार्टीको दक्षिणपन्थी लाइनका बिरुद्ध आन्तरिक संघर्ष अनुशासित ढंगले संचालन गर्न पार्टी कार्यकर्तालाई अनुरोध गर्दछु जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६ शनिबार ००:००  ७ : ३२ बजे