२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कपिलवस्तु महोत्सवको उद्घाटन पूर्व-प्रधानमन्त्री नेपालले गर्ने



मायादेवी अनलाइन, वाणगंगा ।

एघारौं कपिलवस्तु महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले गर्नुहुने भएको छ । यही मंसिर १९ गतेबाट वाणगंगाको बुद्धरंगशालामा आयोजना हुने महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री नेपालले गर्नुहुने भएको हो ।

महोत्सवको आयोजना गरेको वाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले उक्त कुराको जानकारी दिनुभएको छ । पुस १ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष खाँणले बताउनुभयो । कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्रीबाट गराउने निर्णय भएसंगै अब आफुहरु व्यवस्थापनमा खट्ने बताउनुभयो ।

महोत्सवमा विगतको जस्तै कपिलवस्तु डान्स आइडल पनि राखिएको वेलफेयरका महासचिव दिनेश क्षेत्रीले जानकारी दिनुभयो । महोत्सवमा कृषि उपज सामग्रीका साथै पर्यटन प्रवद्र्धनका विभिन्न वस्तुहरु राखिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  ७ : ४६ बजे