२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

प्रदेश ५ उपनिर्वाचन नतिजाः शिवराज १० मा राजपाकी मिश्र भारी मतले विजयी



कपिलवस्तु ।
प्रदेश नं ५ का विभिन्न जिल्लामा शनिबार भएको उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । प्रदेश नं. ५ का प्युठान, नवलपरासी, गुल्मी लगायतका जिल्लामा नेकपाले जित्दा कपिलवस्तुमा भने राजपाका उम्मेदवार विजयी भएका छन् । यस्तै अर्घाखाँचीमा कांग्रेसले बाजी मारेको छ । कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा राजपाकी उम्मेदवार मञ्जु मिश्र विजयी भएकी छन् । निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मत मध्ये ८ सय ६८ ल्याई मिश्र विजयी भएकी हुन ।
नेपाली काग्रेसका देब भारतीले ४ सय ६५ मत प्राप्त गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अदालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेपालका तीर्थबहादुर रायमाझीले १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दीले २८ र राप्रपाबाट बलभद्र मिश्रले ११ मत प्राप्त गरे । २१ मत बदर भएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछि रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो। वडाध्यक्ष पदका लागि भएको उक्त निर्वाचनमा ७ राजनितिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जनाले उम्मेदवारी दिएका थिए ।

प्युठान २ मा नेकपा विजयी

प्युठान नगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार मुक्ति पोख्रेल ११२७ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका प्रतिष्पर्धी कांग्रेसका मोहनसिंह विष्टले ८४३ मत ल्याउनुभयो ।
त्यस्तै रुरु गाउँपालिका– २ गुल्मीमा पनि नेकपा मतले निर्वा्चित भएको छ । त्यहाँ गिरिप्रसाद सिञ्जाली ८०२ मत ल्याएर निर्वा्चित भएका छन् । प्रतिस्पर्धी काङ्ग्रेसका वेदप्रसाद दर्लामीले ७२७ मत ल्याए ।
पूर्वी नवलपरासीको बौंदीकाली गाउँपालिका–५ मा पनि नेकपाका खिमबहादुर खरुमगर निर्वा्चित भएका छन् । उनले ३६७ मत पाए भने प्रतिस्पर्धी काङ्ग्रेसका तुलबहादुर रानाले २११ मत पाए ।

मालारानी ३ मा कांग्रेस विजयी

अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल ११ सय ५९ मत प्राप्त गरेर विजयी हुनु भएको छ ।
निकटतम प्रतिद्वन्द्वी नेकपाका यमलाल खनालले भन्दा १०६ भोट बढी ल्याएर शोभाखर खनाल विजयी हनु भएको हो । नेकपाका यमलालले १ हजार ५३ मत प्राप्त गर्नुभयो । कुल २२ सय २५ मत खसेकोमा ९ मत बदर भए । राप्रपाका रणबहादुर खनालले ४ भोट प्राप्त गर्नु भएको छ ।
विजयी शोभाखर खनाल गएको स्थानीय चुनावमा तत्कालीन एमालेका जीवन चौहानसँग ३६ मतले पराजित हुनु भएको थियो । वडाध्यक्ष जीवन चौहानको गत पुसमा दुर्घटनामा परि मृत्यु भएपछि पद खाली भएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७६ आइतबार ००:००  ६ : ३१ बजे