२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नेकपाले जित्यो दाङको प्रदेशसभा, विमला वली ५ हजार अन्तरले विजयी



दाङ ।
निर्वाचन क्षेत्र नं. ३ (ख) मा प्रदेशसभा सदस्यका भएको उपनिर्वाचनमा (नेकपा) की उम्मेदवार विमला वली विजयी भएकी छन् । विमलाले ५ हजार १०४ मतान्तरले कांग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएकी हुन् । उनले २४ हजार २८६ मत ल्याएर नेपाली काग्रेसका उम्मेदवार केशवराज आचार्यलाई पछि पार्दै विजयी भएकी हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार आचार्यले १९ हजार १८२ मत ल्याए । जिल्ला समन्वय समितीको हलमा आइतवार विहान साढे ८ बजेदेखी शुरु मतगणना करिब राती १२ बजे तिर सकिएको थियो । यस क्षेत्रमा कुल मतदाता ६८ हजार ७१९ मतदाता थिए, भने ४५ हजार ७१८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी यस निर्वाचन क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १, २, १० र ११ शान्तिनगर गाउँपालिका, दंगिशरण गाउँपालिका र बबई गाउँपालिकाका मतदाताहरुले मतदान गरेका थिए ।
प्रदेश सभा सदस्यको लागी १२ दल र २ जना स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । त्यसैगरी २०७४ सालमा भएको निर्वाचनमा स्वर्गीय उत्तरकुमार वलीले बाम गठबन्धनको तर्फबाट विजयी भएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७६ सोमबार ००:००  ६ : ५१ बजे