चितवन ।
अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा १० पुसदेखि हात्ती महोत्सव गरिने भएको छ । ६ दिनसम्म सञ्चालन हुने सो महोत्सव १६औं संस्करण हो ।
भ्रमण वर्ष सन् २०२० लाई विशेष रूपमा महोत्सवबाटै स्वागत गरिँदैछ । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहका अध्यक्ष दीपक भट्टराईका अनुसार महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोजसँगै हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेल हुनेछन् ।
सौराहको बाघमारा चौरमा हुने महोत्सवमा ५० कक्ष रहनेछन् । ती कक्षमा पर्यटकका लागि लक्षित विभिन्न प्रकारका खानासँगै हस्तकलाका सामग्री बिक्री गरिनेछन् । महोत्सवको समापनसँगै विशेष कार्यक्रमको आयोजना गरी भ्रमण वर्षलाई स्वागत गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
महोत्सवको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हरेक वर्ष अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै महोत्सव गर्ने गरिन्छ ।






प्रतिक्रिया