२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अन्तत्वगोत्वा पूर्व राजा शाहले गरे ११ औं कपिलवस्तु महोत्सवको अवलोकन



मायादेवी अनलाइन, वाणगंगा ।
शुक्रबार दिउँसो नै एघारौं कपिलवस्तु महोत्सवको अवलोकन गर्ने भनिएपनि पूर्व राजा ज्ञानेन्द्र शाहले साँझपख मात्र अवलोकन गरेका छन । विहान देखि पूर्व राजाको स्वागतमा जीतपुरबासी बसेपनि दिउँसो मात्र पूर्व राजा शाह कपिलवस्तु प्रस्थान गरेका थिए । समय अभावको कारण पूर्व राजा शाह जीतपुर नरोकि गोरुसिंगे प्रस्थान गरेका थिए । यसले गर्दा सर्वसाधारण निरास बनेका थिए ।

यो पनि पढ्नुहोस

आफै सवारी हाँकेका पूर्वराजा ज्ञानेन्द्र हात हल्लाउँदै हुँइकिए, स्वागतमा बसेका समर्थक जिल्ल !

तर, साँझपख गोरुसिंगेको कार्यक्रम सकेर पूर्वराजा शाह एघारौं कपिलवस्तु महोत्सवको अवलोकन गर्न आएपछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन ।
गोरुसिंगेमा पुगेर पशुपतिनाथ मन्दिरको पुजाआजा पश्चात वाणगंगावासी र आयोजक वाणगंगा वेलफेयर सोसाईटीको आग्रहमा शाहले महोत्सवको अवलोकन गरेका हुन । पूर्वराजा शाहलाई महोत्सवमा ल्याउन आफुहरु सफल भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६ शुक्रबार ००:००  ७ : ४७ बजे