१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

चितवनमा टेम्पो दुर्घटना, पाँचजनाको मृत्यु



चितवन ।
चितवनमा भएको अटो टेम्पो दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ चेपाङमार्गको भित्रि सडकबाट चौकीडाँडातर्फ आउँदै गरेको अटो टेम्पो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
चितवन प्रहरी प्रवक्ता एकनारायण कोइरालाका अनुसार दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । बेलुका सवा ६ बजे दुर्घटना भएको थियो । ना १ ह ६४०९ नम्बरको टेम्पो पिकनिकबाट फर्किँदै गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा एकजनाको मात्रै नाम खुलेको छ । कुस्माका श्यामप्रसाद तिवारीको सनाखत भए पनि बाँकी चार जनाको सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति : २१ मंसिर २०७६ शनिबार ००:००  ९ : ५८ बजे