१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

जनगायक बद्रीले लेखे-‘प्रदेश ५ को राजधानी कपिलवस्तु किन नसार्ने’?



मायादेवी अनलाइन, वाणगंगा ।
जनगायक बद्री पङ्गेनीले प्रदेश ५ को राजधानी कपिलवस्तु बनाउदा उत्तम रहेको विचार व्यक्त गरेका छन । प्रदेशको राजधानीबारे फेसबुक स्टाटस लेख्दै जनगायक पङ्गेनीले सबै हिसाबले कपिलवस्तु राजधानीको लागि उत्तम रहेको धारणा राखेका छन ।
उनले कपिलवस्तु बुद्धको भूमि, मधेसी, दलित र मुस्लिम समुदायको बाहुल्यता, पश्चिम क्षेत्रलाई ६६ किमि नजिक पर्ने, ब्यवस्थित रूपमा भौतिक पूर्वाधार तयार गर्नको लागि पर्याप्त रूपमा सार्वजनिक वा सरकारी जग्गा भएको, बन्दै गरेको अन्तर्राष्ट्रिय बिमानस्थलको दुरि उचित ठाउँमा रहनुजस्ता कारणले प्रदेश राजधानीको लागि कपिलवस्तु उपयुक्त ठाउँ रहेको उल्लेख गरेका छन् ।
साथै पङ्गेनीले राजधानी विवादले संघीयता नै अनिर्णयको बन्दी जस्तो देखिएकोले यसमा ध्यान दिन आग्रह गर्दै नेकपा महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको फोटो राख्दै लेखेका छन्, “न त दाङले जित्ने न त बुटवलले हार्ने, प्रदेश पाँचको राजधानी कपिलवस्तु किन नसार्ने ?” साथै उनले ‘म दाङ वा बुटवलको पनि बिरोधी नभएको निवेदन छ ।’ पनि भनेका छन् । गायक पङ्गेनीले कपिलवस्तु प्रदेशको राजधानी हुनुपर्ने धारणा राख्दै आएका छन । उनी पाल्पा जिल्लाका हुन् । 

 

प्रकाशित मिति : १ पुस २०७६ मंगलबार ००:००  ८ : १९ बजे