७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेकपा केन्द्रीय समिति बैठक पुस २३ गतेदेखि



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक पुस २३ गतेदेखि बस्ने भएको छ। राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तय गरेको हो। विधान प्रतिवेदनमाथि भने केन्द्रीय समितिमा छलफल हुने भएको छ। केन्द्रीय समितिमा छलफलपछि मात्र विधान प्रतिवेदन पारित हुनेछ।
नेता भीम रावलका अनुसार केन्द्रीय समिति बैठक राजधानीमा बस्ने निश्चित भए पनि ठाउँको भने टुंगो लागेको छैन।
स्थायी समितिमा सबैभन्दा बढी विवादास्पद बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा थप छलफलपछि सचिवालयले टुंगो लगाउने भएको छ। अघिल्लो आइतबार सुरु भएको स्थायी समिति बैठक आज टुंगिएको हो।
शनिबार नै टुंगिने भनिएको बैठक एमसीसीकै विवादका कारण एक दिन लम्बिएको थियो। आइतबार पनि यो विषयमा सहमति नजुटेपछि सचिवालयलाई विवाद समाधानको जिम्मेवारी दिँदै बैठक टुंगिएको हो।

प्रकाशित मिति : ६ पुस २०७६ आइतबार ००:००  ३ : २३ बजे