१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सूर्य ग्रहणका बेला गर्न नहुने १२ काम र १२ राशीमा हुने असर



काठमाण्डौँ ।

बिहीवार आज खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेट देखि ११ बजेर ३१ मिनेटसम्म सुर्य ग्रहण लाग्नेछ ।

सूर्य ग्रहणका बेला चन्द्रमा अस्त हुने साथै बुध, वृहस्पति र शनि पनि अस्त रहने छ । सुर्य ग्रहणका बेला सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् ।

जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउन सक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरित फलको भय समेत हुनेछ । यस पटकको सुर्यग्रहण नेपाल, भारत लगायतका एसियन देश सहित यूरोप, अस्ट्रेलिया, पूर्वी अफ्रीकामा देख्न सकिनेछ ।

ग्रहणलाई धार्मिक र वैज्ञानिक रूपबाट अशुभ मानिन्छ । विज्ञानले सूर्य ग्रहणलाई नांगो आखाँले हेर्न बर्जित गरीएको छ भने धार्मिक दृष्टिमा पनि ग्रहणकालमा केहि कामहरु गर्न बर्जित गरीएको छ । ग्रहणका बेला गर्न नहुने कार्य र गर्नुपर्ने कार्यका बारेमा केहि जानकारी दिदैंछौ :

सूर्य ग्रहणको सूतक काल

ग्रहणको सुतक समय पुस ९ गते साझँ ५ बजेर ४८ मिनेटबाट शुरू भई पुस १० गते बिहान ११ बजेर ३१ मिनेटमा सूर्य ग्रहण समाप्त भएपछि मात्र सकिनेछ ।

सूतक बार्नु पर्ने कारण

ग्रहण लागेको बेला सूतकको बिषेश महत्व हुन्छ । हिन्दु धर्म अनुसार ग्रहणको सूतक काल शुरु भएपछि कुनै पनि कार्य गर्नुहुदैन । यस अवधिमा कुनै पनि शुभकार्य गर्न बर्जित गरिएको छ । सूतक काललाई अशुभ समय मानिन्छ ।

ग्रहण लागेको बेला गर्न नहुने कार्य

१. ग्रहण लागेको बेला कुनै पनि शुभ कार्य वा कुनै पनि कार्यको थालनी गर्नु हुदैन ।
२. ग्रहण लागको बेला सुत्केरी, अशक्त तथा बालबालिका बाहेकले भोजन गर्नु हुदैन ।
३. ग्रहण लागेको समयमा चुल्हो बाल्न, जुठो राख्न तथा लिपपोत गर्न बर्जित रहेको छ ।
४. ग्रहण अवधिभरी कुनै पनि देवि देवताको मुर्ति, तुलसि, शालिग्रामलाई छुनु हुदैन ।
५. ग्रहणको अवधिभरी बिरामि र अशक्त बाहेकले सुत्नुहुदैन ।
६. ग्रहण लागेको बेला कोहिसंग झगडा गर्नु हुदैन ।
७. ग्रहण अवधिभर कसैसंग झुटो बोल्ने वा कुनै वाचा गर्नुहुदैन ।
८. ग्रहण अवधिभरी गर्भवती महिला घरबाट बाहिर निस्कनु हुदैन ।
९. ग्रहणलाई सुरक्षा बिना प्रत्यक्ष्ँ आ“खाले हेर्नु हुदैन । ग्रहण हेर्न मिल्ने चस्मा लगाउनु उत्तम हुन्छ ।
१०. ग्रहण अवधिमा चक्कु, छुरी वा धारीलो हतियारको प्रयोग गर्नु हुदैन ।
११. ग्रहण अवधिमा पूजा गर्नु हुदैन ।
१२. ग्रहण अवधिमा नुहाउनु समेत हुदैन । यसलाई अशुभ मानिन्छ ।

ग्रहण लागेको बेला के गर्ने ?
१. ग्रहण लागेको बेला भगवानको ध्यान तथा भजन गर्नुपर्दछ ।
२. ग्रहण अवधिभर शान्त रहने तथा भगवानका मन्त्र उच्चारण गरिरहनु पर्दछ ।
३. ग्रहण समाप्त भएपछि घरका हरेक कोठामा गंगाजल छरेर मात्र प्रवेश गर्नुपर्दछ ।
४. ग्रहणको अवधिमा आदित्य हृदय स्तोत्रको पाठ गर्नु लाभदायक मानिन्छ ।
५. ग्रहणको गलत प्रभावबाट बच्न महा मृत्युंजय मन्त्रको जाप गर्नुपर्दछ ।

ग्रहण हेर्नु कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ। बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ।

मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ।

शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ। कुनै भाँडामा पानी राखेर वा सुरक्षितयन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ।

१२ राशिका लागि सूर्य ग्रहणकाे फल यस प्रकार छ :

मेष : माननाश
वृष : कष्ट
मिथुन : स्त्रीपीडा
कर्कट : सुख
सिंह : चिन्ता
कन्या : व्यथा
तुला : श्रीप्राप्ति
बृश्चिक : क्षति
धनु : घात
मकर : खर्च
कुम्भ : लाभ
मीन : सुखदायी

प्रकाशित मिति : १० पुस २०७६ बिहिबार ००:००  ७ : २२ बजे