६ असार २०८३, शनिबार | Sat Jun 20 2026

कोरम नपुग्दा अर्थ समितिको बैठक स्थगित



काठमाडौं ।
कोरम नपुगेपछि प्रतिनिधीसभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ। बिहीबार बिहान ११ बजेका लागि सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो। बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल लगायतका केही सदस्‍य उपस्थिती भएपनि करिब एक घण्टासम्म धेरै संस्यहरू नआएपछि बैठक स्थिगित गरिएको हो। समितिले चालु आर्थक वर्षको चौमासिक समिक्षाको विषयमा छलफल गर्नको लागि बैठक बोलाइएको हो। चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले लिए पनि पाँच महिना १० दिन बित्दा मेत १० प्रतिशत पुँजीगत खर्च हुन सकेको छैन। यसअघि बैठकमा विकासे मन्त्रालयका सचिवहरूलाई बोलाएर आफ्नो धारणा राख्‍न दिएको अर्थसमितिले बिहीबार छलफलको लागि बैठक डाकेको थियो।

प्रकाशित मिति : १० पुस २०७६ बिहिबार ००:००  १ : ३३ बजे