काठमाडौं ।
काठमाडौं—कुलेखानी—हेटौंडा सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवरमा सुमो जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। इन्द्रसरोवर गाउँपालिका—३ ओखर डाँडामा ना१ज ३४३३ नम्बरको सुमो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका प्रहरी नायब निरीक्षक कुलानन्द झाले जानकारी दिए। उनका अनुसार घाइतेहरूलाई फर्पिङमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ। रौतहटको चपुरबाट काठमाडौंतर्फ आईरहेको सुमो सवा १२ बजेतीर सडकबाट झण्डै ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। मृतकहरूमा एक महिला र दुई पुरुष रहेको तर उनीहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले चालकले मापसे गरेको हुनसक्ने आशंका गरेको छ। यद्धपि, दुर्घटनाको कारण खुलिनसकेको प्रहरी नायव निरीक्षक झाले बताए।
११ पुस २०७६ शुक्रबार ००:००
0
Shares






प्रतिक्रिया