५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

देउवाले एकलौटी निर्णय गरेपछि रुष्ट बनेको पौडेल पक्षकोे आज छुट्टै भेला



काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिको म्याद एक बर्ष थपेपछि क्रुद्ध बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल पधक्षरले पनि छुट्टै भेला डाकेको छ। सभापति देउवाले एकलौटी रुपमा पार्टीका महत्वपूर्ण निर्णयहरु गरेको भन्दै पौडेल पक्षले छुट्टै भेला गर्न लागेको हो । हिजो बसेको बैठकले विभिन्न विभागहरु गठनका साथै भ्रातृ संस्थाहरुको म्याद पनि थप गरेको थियो । वरिष्ठ नेता पौडेलले आज दिउँसो महामन्त्री डा। शशांक कोइराला निवासमा आफू निकट नेताहरुसँग छलफल गर्ने तयारी गरेका हुन्। छलफलपछि पौडेलले आजै पत्रकार सम्मेलन गरी आफ्ना विमत्तिहरु सार्वजनिक गर्ने जानकारी दिएका छन्। सभापतिको एकलौटी निर्णयले पार्टीलाई कमजोर बनाउने भएकाले यसमा आफूहरुको सहमति नभएको पौडेलले दाबी गरे। पौडेल पक्षले बोलाएको बैठकमा अर्का नेता कृष्णप्रसाद सिटौला पनि सहभागी हुने बताइएको छ। सभापति देउवाको नेतृत्वमा हिजो बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको १४ औं महाधिवेशन आगामी २०७७ फागुनमा सार्ने निर्णय गरेको थियो । कांग्रेस पार्टीको विधानअनुसार हरेक ४ वर्षमा हुनुपर्ने महाधिवेशन हुनुपर्छ। विधानअनुसार अघि बढ्दा कांग्रेस महाधिवेशन यही फागुनमा सम्पन्न गर्नुपर्छ। तर विशेष परिस्थिति भन्दै सभापति देउवा पक्षले महाधिवेशन एक वर्ष पर धकेलिदिएको हो।

प्रकाशित मिति : १२ पुस २०७६ शनिबार ००:००  ८ : ३६ बजे