५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आगामी निर्वाचनमा नेकपाको एक्लै दुई तिहाइ बहुमतः प्रचण्ड



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । आवधिक निर्वाचन आउन अझै ३ वर्ष रहेको भन्दै उनले सरकार र पार्टीको कामले आउने निर्वाचनमा एक्लै दुई तिहाइ बहुमतको सुनिश्चिता गर्नुपर्ने बताए । ‘अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने निर्वाचनमा एक्लैले दुई तिहाइ बहुमतको सुनिश्चितता गर्नुछ । त्यो प्रतिवद्धता हामीले व्यक्त गरेका छौं’ चितवनको इच्छाकामना गाउँपालिकामा नेकपाको सपथ ग्रहण कार्यक्रममा उनले भने ।
प्रचण्डले जनतासँग नङमासुको सम्बन्ध बनाएर जनसेवाको काममा अघि बढ्न पनि कार्यकर्तालाई निर्देशन दिए । ‘पार्टी अझै एकतावद्ध भएर विचारमा स्पष्ट र संगठित भएर जनताको सेवामा समर्पित हुन जरुरी छ’ उनले भने ।

प्रकाशित मिति : १३ पुस २०७६ आइतबार ००:००  ४ : ०५ बजे