२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

चन्द्रौटामा रोकिराखेको बसमा स्कुटर ठोक्किदा एक जनाको मृत्यु



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुमा रोकि राखेको बसमा स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शिवराज ५ चन्द्रौटा बजारमा आइतबार राती बसमा स्कुटर ठोक्किदा स्कुटर चालक मधु पन्थीको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको रोकिराखेको ना ४ ख ७३९३ नंम्बरको बसमा सोहि दिशा हुँदै आउँदै गरेको लु ५६ प ९१२८ नंम्बरको स्कुटर ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
दुर्घघटनामा स्कुटर चालक शिवराज नगरपालिका वडा नं. ५ खसिबजार बस्ने ३० बर्षीय मधु पन्थी र पछाडी बसेका गुल्मी मदाने गाउँपालिका ४ बस्ने ५६ बर्षिय तुल्सी वली घाइते भएका थिए ।
घाइते पन्थि र वलीको प्रारम्भीक उपचार संजिवनी सामुदायिक अस्पताल पछि थप उपचारका लागि बुटवल प्रादेशिक अस्पतालमा उपचारका क्रममा राती पन्थीको निधन भएको हो । घाइते वलीको उपचार भइरहेको र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  १२ : ११ बजे