५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

यी चार स्थानबाट भव्य रुपमा सुरु हुँदै नेपाल भ्रमण वर्ष २०२०



मायादेवी अनलाइन, काठमाडौँ ।
सरकारले जनवारी १ अर्थात पुस १६ गते काठमाडौैं र सात प्रदेशका सातै स्थानबाट भ्रमण वर्षको उद्घटान कार्यक्रम गर्दै छ। सातै प्रदेशका एकैपटक उद्घाटन कार्यक्रम राखिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ। काठमाडौंमा हुने केन्द्रीयस्तरको कार्यक्रममा दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष शुभारम्भ भएको घोषणा गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अन्य ६ वटा प्रदेशमा प्रदेश प्रमुखबाट उद्घाटन गराउने कार्यक्रम रहेको छ। प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को सौराहा, गण्डकी प्रदेशको लेकसाइड, प्रदेश ५ को बर्दिया, कर्णाली प्रदेशको बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमामा प्रदेश सरकारले उद्घाटन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ६ : ५७ बजे