२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

आज तमु ल्होसार पर्व, यस्तो छ संस्कृति



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज तमु ल्होसार पर्व । देशभरका सबै तमु समुदायले आज धुमधामपूर्वक मनाउँदै छन् । आजको दिनलाई गुरुङ्ग समूदायले नयाँ वषको रुपमा मनाउँदै छन् । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । यी जनावरहरुमा मुसा, गोरु, गाई, खरायो, चील, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकर, मृग र सुंगुरहरु पर्दछन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ, तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार । पश्चिमतर्फ हानेको धनुकाँडले गएको ’ल्हो’ अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ’ल्हो’ को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात् वर्षहरुलाई आउन नदिन जन्तर बाँध्ने र जङ्गलको रुखमा बाँध्ने चलन छ ।
बिभिन्न भाग या नाममा ल्होसारलाई बाँडे पनि सबै ल्होसारहरुको एउटै मूभूत उदेश्य छ, नयाँ बर्षको स्वागत गर्ने ।यस समूदायले आज विशेष हर्षका साथ आफ्नो पारम्परीक नयाँ वर्षलाई स्वागत गर्दैछन् । यो ल्होसार नेपालमा मात्र नभई तिब्बत, भुटान, भारत, म्यानमार लगायत संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत अनि थुप्रै देशहरुमा भएका तमु समुदायले भब्यताका साथ मनाउने गर्दछन् । यसरी आजबाट फेरिने वर्ष या भनौ नयाँ वर्षको सम्वतलाई तमु सम्वत भनिन्छ ।
विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने तमु वर्षमा यस वर्ष मुसाको (च्यू) वर्ष रहनेछ । विशेषतः बुद्धिष्ट समूदायले वडो उत्साह र चाखकासाथ मनाउने यस पर्वबारे विभिन्न पुस्तक अनि एतिहासिक दस्तावेजका अनुसार भगवान वुद्धको यस पृथ्वीमा भएको आगमन अगावै मनाईने गरिएको प्रमाण भेटिएका छन् । बुद्धको आगमन अगावै पनि यस समूदायका ब्यक्तिहरु अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरुले सुगन्धित अगरबत्तिरधूप बालेर भगवानको अर्चना गर्दे मध्य हिउँदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न पुस्तक र शोधहरुमा उल्लेखित छन् ।
तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरुका अनुसार तमुका पुर्खाहरु छैठौ शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समूदायका रुपमा चिनिन्छन् । पहिले बोन अर्थात् शामानिज्म धर्म अवलम्वन गरेका यी प्राचिन समूदायको सन् २००७ मा भएको जनगणना अनुसार अहिले अधिकांश संख्यामा बौद्धिष्ट र केही क्रिस्चीयन अनि हिन्दूहरु रहेको तथ्याङ्क छ । संस्कार, सभ्यता अनि हिन्दू र वौद्ध संस्कारको अनुपम समिश्रण यो समुदायमा पाईन्छ ।
मुख्यतया ल्होसारको वास्तवीक मनाउने चलन र उमङ्ग १५ दिनसम्म रहने गर्दछ । आजबाट १५ दिन अर्थात् नयाँ वर्षको शुरुका १५ दिनहरु हर्षोल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्ष नै उत्साहपूर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ । नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । काठमाडौको टुँडिखेलमा आज परम्परागत पहिरनमा तमु समूदायका ब्यक्तिहरुलाई हर्षोल्लासपूर्णरुपमा उपस्थित भएको देख्न सकिन्छ । आजबाट शुरु हुने नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मीक हुने जनविश्वास छ ।

प्रकाशित मिति : १५ पुस २०७६ मंगलबार ००:००  ६ : २१ बजे