२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

विश्वलाई रुवाउने सन् २०१९ का यी चर्चित तस्विर



काठमाडौँ ।
सन् २०१९ लाई बिदा गर्ने अन्तिम समय आएको छ । अहिले सन् २०१९ मा बिश्वभर घटेको चर्चित घटनाबारे चर्चा गरिदैछ । यसैक्रममा सन् २०१९ मा विश्वमा केहि तस्बिरहरुको निकै चर्चा भयो । बिश्वलाई नै स्तब्ध बनाउने तस्बिर बिश्वभर भाइरल बन्यो । जसमध्ये सर्वा्धिक चर्चामा आएको र भाइरल बनेको तस्बिर बारे चर्चा गरौ ।

सन् २०१९ मा विश्वलाई नै स्तब्ध बनाउने बाबुछोरी नदी छेउमा डुबेको एउटा तस्बिर । जसले बिश्वभरीका मानिसको मन सिरिङ्ग बनायो । मेक्सिकोको रियो ब्राभो खोलामा भेटिएको आप्रवासी ओस्कार अल्बर्टो मार्टिनेज रामिरेज र उनकी छोरी भालेरियाको शव नदीमा भेटियो ।

त्यसै बेला यो तस्बिर खिचियो । यस तस्बिरले धेरैको मन रोयो । यी बाबु छोरी अमेरिका र मेक्सिकोको सीमामा रहेको रियो दि ग्रान्डे नदीमा तैरिरहेका थिए । त्यस्तै अर्को चर्चाको बिषय हो १२ वर्षीय प्यालेस्टिेनियन बालकको ।

गाजामा प्रदर्शनका क्रममा घाइते १२ वर्षीय प्यालेस्टिेनियन बालकको उद्दार गरिँएको यो तस्बिरले पनि बिश्वलाई नै स्तब्ध बनायो । बालकको आँखामा गम्भिर चोट लागेपछी बालकको उद्धार गरी अस्पताल लगियो । त्यस्तै कुपोषणको शिकार बनेकी यमेनकी १२ वर्षीया फातिमाको तस्विरले पनि बिश्वभर निकै चर्चा पायो ।

प्रकाशित मिति : १५ पुस २०७६ मंगलबार ००:००  १२ : २४ बजे