१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

कपिलवस्तु नगरपालिकाले फेरी बाड्यो कर्कटपाता



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाले जारी राखेको फुसको छानो मुक्त गर्ने अभियान अन्तरगत वडा नम्बर ३ का १ सय ७९ बिपन्न परिवारलाई कर्कटपाता बाडेको छ । बर्षौ देखि फुसको घरमा जीवन निर्वाह गरिरहेका ती परिवारलाई ककर्टपाता बाँडिएको हो ।
४१ एमएम र २६ गेजको रंगीन जस्तापाता बाँडिएको हो । नगर प्रमुख किरण सिंह प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्य, वडा अध्यक्ष प्रकाश गैरेले संयुक्त रुपमा जस्तापाता हस्तान्तरण गरेका थिए । आगलालीका घटना न्यूनिकरण तथा बिपन्न परिवारलाई लक्षित गरी आफुहरुले चाथौ नगर सभाबाट नै कार्यक्रमको शुभारम्भ गरेको उनले बताए । अभियानका लागि गत बर्ष ६० लाख र यस बर्ष एक करोडको जस्तापाता खरिद गरिएको उनले बताए ।
आगामी २ बर्ष भित्र नगरपालिकालाई फुसको छानामुक्त बनाउने गरी कार्य योजना बनाईएको उनले बताए । नगरपालिकाले भित्र रहेको १२ वडामा कुल २ हजार ७२५ फुस घर रहेको प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्यले बताए । ‘हामीले १२ वटै वडाका गाउँ बस्तीमा कर्मचारीहरु खटाएर फुस घरको संख्या यकिन गरेका हौ’ उनले भने ‘सबै वडाका फुस घरलाई क्रमशः बजेटले भ्याए सम्म बितरण गर्दै जानेछौ’ ।
कुन फुस घरले कतिवटा ककर्टपाता पाउने हो प्राबिधिक टोलीले यकिन गरेका आधारमा कर्कटपाता बाडिने छ । वडा अध्यक्ष प्रकाश गैरले आफनो वडामा रहेका गरीब र बिपन्न परिवार यसबाट लाभान्वित भएको बताए । सबै भन्दा बढी गरीब र बिपन्न परिवार रहेको बिशंभपुरबासीले जसपता पउदा दंग परेको बताए ।
बर्षौ देखि फुसको घरमा गुजरा चलाउदै आएकी बिशंभरपुरकी ज्ञानमचती केवटले घर बनाउन टिनको पाता पाउदा निकै खुशी लागेको बताईन । मेहनत मजदुरी गरेर जीवनयापन गरिरहेका उनको ७ जनाको परिवारे टिनको छानाले बनेको घरमा बस्न पाउदा आफनो बर्षौको सपना साकार हुन लागेको बताईन । उनले टिनको छानाले आफनो परिवारलाई खुशियाली दिएको बताईन । ‘फुसको घरमा बस्दा पानी हावाहुरी र पानी चुहिएर निकै दुःख पाईएको थियो, अब भने त्यसबाट मुक्त हन्छौ’ उनले भनिन ।
बर्षौ देखि फुसको रमा बस्दै आएका आफुहरु जस्ता बिपन्न परिवारलाई नगरपालिकाले ठुलो उपहार दिएको उनले बताईन । यसअघि वडा नम्बर १, २, ४ का बिपन्न परिवारले जस्तापाता पाई सकेका छन ।

प्रकाशित मिति : १५ पुस २०७६ मंगलबार ००:००  ७ : ११ बजे