८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

नयाँ वर्ष सन् २०२० प्रारम्भ



काठमाडौँ ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सन्को नयाँ वर्ष सन् २०२० शुरु हुँदैछ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२० का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् ।
ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको पात्रो भएकाले वैज्ञानिक नभएको विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लागेका बताउछन ।
सौरमास र चान्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै शुरु भएको विसं जति वैज्ञानिक नभएपनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी छ । ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेण्डको एक वर्ष हुन्छ ।
तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेण्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ ।
इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रुपमा त्यसलाई व्यवस्थापन गर्न खोजेपनि पश्चिमा देशमै मतैक्यता हुन सकेको छैन । नयाँ वर्ष २०२० का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा मंगलबार विशेष रुपमा यो पर्व मनाइन्छ । गएराती देशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेर सन २०१९ लाई विदाई गर्दै २०२० लाई स्वागत गरिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७६ बुधबार ००:००  ६ : १० बजे