३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

सार्वजनिक गाडी चलाउँदा अब जुत्ता अनिवार्य लगाउनु पर्ने



काठमाडौं ।
चप्पल लगाएर सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ। सार्वजनिक यातायात चलाउँदा अनिवार्य रुपमा जुत्ता लगाउनु पर्ने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।
चप्पल लगाएर सवारीसाधन चलाउँदा दुर्घटना भएका कारण यो नियम लागू गर्न लागिएको हमालले बताए।
‘गाडी चलाउँदा चप्पल चिप्लिएर पनि दुर्घटना भएको पायौँ, त्यस्तै चप्पलको फित्ता ब्रेक र एक्सिलेटरमा अड्किएर पनि दुर्घटना हुने रहेछ। यस्तो दुर्घटना हटाउन हामीले यो निणर्य गरेका हौँ’ हमालले भने।
यो विषयमा यातायात व्यवसायीसँग छलफल गरेर सम्बन्धित कार्यालयहरु र ट्राफिक प्रहरीलाई समेत चिठी पठाई सकिएको उनले जानकारी दिए। सुरक्षाको दृष्टिकोणले जुत्ता लगाएर सार्वजनिक यातायात चलाउनुपर्ने निर्णय ठीक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।

प्रकाशित मिति : १७ पुस २०७६ बिहिबार ००:००  १ : ४५ बजे