काठमाडौं ।
नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा राखेपछि आलोचित भएको भारतले बिहीबार पनि अडान दोहोर्याएको छ। जम्मु कश्मीर र लद्दाखलाई अलग गरेपछि नोभेम्बरमा जारी गरिएको नक्सामा भारतले नेपालको ३७ हजार हेक्टर भन्दा धेरै भूमि आफ्नोतर्फ राखेपछि तेस्रो पटक पुरानै अडान दोहोर्याएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले बिहीबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा पुरानै अडान दोहोर्याएका हुन्। नेपाली भूमि कालापानीबाट आफ्ना सैनिक हटाउन र मिचिएको भूमि छाड्न नेपालले दुई पटक कूटनीतिक नोट पठाउँदा पनि भारतले आफ्नो अडान नछाडेको हो। साप्ताहिक पत्रकार सम्मेलनका क्रममा प्रवक्ता रविश कुमारले भारतले नोभेम्बरमा जारी गरेको नक्सामा समेटिएको सबै भूभाग सार्वभौम भारतकै भएको जिकिर गरेका हुन्। प्रवक्ता कुमारलाई बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन वार्ताबारे पनि पत्रकारले प्रश्न सोधेका थिए। तर कालानी प्रकरणबारे पनि सोधिएको प्रश्नमा उनले घुमाउरो उत्तर दिए। ुदुई देशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद परम्परागत द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन कुराकानी भयोु, उनले भने त्यसक्रममा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान भएको थियो। यसबारेमा हामीले प्रेस नोट पनि निकालिसकेका छौँ। नेपालसँगको सीमा विवादलाई लिएर भारतले यसअघि नै दुई पटकसम्म आफ्नो धारणा राखिसकेको उनले बताएका छन्। छिमेकी पहिलोको अवधारणा अनुसार हामीले सीमाबारेमा हाम्रो धारणा यसअघि पनि सार्वजनिक गरिसकेका छौुं, उनले भनेका छन्, म फेरि दोहोर्याउन चाहन्छु, हाम्रो नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन गरिएको छैन। नयाँ राजनीतिक नक्समामा समेटिएको भारतको सार्वभौम भूभाग हो। प्रवक्ता कुमारले नेपाल(भारत संयुक्त संयन्त्रले सीमामा देखिएको विवादको समाधानका लागि सीमांकनको काम गरिरहेको बताए । यसअघिका संयन्त्रले सीमाकंनको काम गरिरहेका छन्, उनले भने, दुई देशबीचको सीमाक्षेत्रका समस्या छिमेकीको ख्याल गर्दै द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई पनि ध्यान दिएर संवादबाटै समाधान गर्न हामी प्रतिबद्ध छौं। भारतीय पक्षले यसो भनिरहँदा बिहीबारको टाइम्स अफ इन्डियामा दिएको अन्तर्वार्तामा दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले कालापानी नेपालकै भूभाग भएको अडान राखेका छन्। उनले यसबारेमा नेपालले भारतसँग वार्ता गर्न चाहेको पनि स्पष्ट पारेका छन्। भारतले यसअघि मंसिर ५ र कात्तिक २१ मा पनि नयाँ नक्सामा समेटिएको भूभाग भारतकै भएको जिकिर गरेको थियो। नयाँ नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेको भन्दै नेपालबाट आलोचना भइरहेका बेला भारतले त्यस्तो अडान राखेको थियो। नेपाल सरकारले उक्त भूभाग आफ्नो भएको बताइसकेको छ। सरकारले लिम्पियाधुरा(कालापानीको समस्याको समाधान गर्न वार्ताको पहल गरिरहेको छ। बिहीबारै राष्ट्रिय सभाले संकल्प प्रस्ताव पनि पास गरेको छ। भारतले नेपालको ठूलो भूमि आफ्नो नक्सामा राखेपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आलोचना गरेका थिए। उनले मंसिर १ गते राष्ट्रिय युवा संघको कार्यक्रममा कालापानीबाट भारतीय सेना फिर्ता जानुपर्ने स्पष्ट अडान लिएका थिए।
१७ पुस २०७६ बिहिबार ००:००
0
Shares






प्रतिक्रिया