काठमाडौँ । देशभर शुक्रबारको मौसममा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखले जनाएको छ। पहाड तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।पश्चिमी वायुको प्रभाव आज पश्चिमी क्षेत्रमा भने कम हुने सम्भावना छ । आज दिउँसो काठमाण्डाैसहित देशका पूर्वी र मध्य क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना भए पनि बेलुका चार/पाँच बजेपछि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिउँ पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेकाे उहाँले बताउनुभयो ।शनिबार आजको तुलनामा पश्चिमी वायुको प्रभाव कम हुने भए पनि उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।अहिले बिहान पौने ६ बजेको काठमाण्डाैकाे तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
१८ पुस २०७६ शुक्रबार ००:००
0
Shares






प्रतिक्रिया