२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

अस्ट्रेलियाले १० हजार ऊँट गोली हानेर मार्ने



एजेन्सी ।
अस्ट्रेलियाले १० हजार ऊँट गोली हानी मार्ने भएको छ। सुख्खा मौसमका कारण पानीको हाहाकार भएपछि अस्ट्रेलियाले यस्तो निर्णय लिएको हो । पानी पाउन मुश्किल भइहेको समयमा ऊँटहरुले धेरै पानी पिउन थालेपछि पानीको समस्या बढ्दै गएको भन्दै स्थानीयले ऊँट मार्न आग्रह गरेका थिए।

हाल दक्षिण अस्ट्रेलियामा पानीको हाहाकार मच्चिएकोले पाँच दिन लगाएर यी १० हजार ऊँटहरु हेलिकप्टरबाट गोली हानी मारिने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छन् ।

जनसंख्यालाई नियन्त्रण गर्न अस्ट्रेलियामा ऊँट मार्ने चलन पहिले देखि रहिआएको छ । अस्ट्रेलियामा ऊँटको संख्या १० लाख २० हजार हाराहारीमा छ । १९ औं शताब्दिमा ऊँट अस्ट्रेलियामा अफगानिस्तान र भारतबाट भित्र्याइएको थियो । एजेन्सी

प्रकाशित मिति : २२ पुस २०७६ मंगलबार ००:००  ७ : २० बजे