२ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025

दिलीपलाई पर्यावरण संरक्षण शहीद घोषणा गर्न माग



जनकपुरधाम ।
खोला उत्खननको विरोध गर्दा क्रसर उद्योगको टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोलाई पर्यावरण संरक्षण शहीद घोषणा गर्न राष्ट्रिय विद्यार्थी संघले माग गरेको छ। संघको राराब क्याम्पस जनकपुरधाम इकाइ कमिटीका अध्यक्ष दिनेश यादवले आइतबार विज्ञप्ति निकालेर मृतक दिलीपलाई पर्यावरण संरक्षण शहीद घोषणा गर्न माग गरेका हुन्। प्रहरी प्रशासनकै मिलोमतोमा उनको हत्या गरिएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०लाई छानबिनको जिम्मा दिन संघीय सरकारसँग माग गरिएको छ। यस्तै, संघले पीडित परिवारलाई क्षतिपूर्ती दिन प्रदेश सरकारसँग माग गरेको छ। दिलीपले पर्यावरण संरक्षणका एक असल संरक्षक रहेको उल्लेख गर्दै उनलाई पर्यावरण संरक्षण शहीद घोषणा नगरे सरकारको विरोधमा आन्दोलनको घोषणा गर्ने चेतावनीसमेत संघले विज्ञप्तिमार्फत दिएको छ। धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका दिलीपको शुक्रबार बिहान स्थानीय चुरियामाई बालुवा प्रशोधन केन्द्र नामक क्रसर उद्योगका संचालकले विभिन्न व्यक्तिको सहयोगमा टिपरले किचे हत्या गरेको परिवारका सदस्यको आरोप छ। हत्यामा संलग्न क्रसर संचालक विपीन महतोसहित चारजनालाई प्रहरीले पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाएको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ पुस २०७६ आइतबार ००:००  ४ : १४ बजे