१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

नवलपुरका दुई एनसेल टावरमा आगजनी



नवलपुर ।
पूर्वी नवलपरासीका दुई एनसेल टावरमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् । आइतबार राती बौदीकाली गाउँपालिका–२ को कोटथरमौला र कावासोती नगरपालिका–१७ बुनौलीमा रहेका एनसेल टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निरीक्षक एंव सूचना अधिकृत गणेश बहादुर नराल क्षेत्रीले जानकारी दिए । टावरमा आगजनी भएको खबर पाएपछि प्रहरीको टोली त्यस स्थानमा पुगेको थियो ।
एनसेल टावर रहेको कम्पाण्डको ताला फोडेर आगजनी गरिएको हो । जुटको बोरामा मट्टितेल राखेर गरेको आगजनीबाट जेनेटर र मेशिनमा क्षति पुगेको प्रहरी निरीक्षक क्षेत्रीले बताए । स्थानीयको सहयोगमा समयमा आगो नियन्त्रण लिएकाले थप क्षति हुन नपाएको उनले जानकारी दिए । आगजनी गर्ने व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आगजनी विप्लव समूहले गरेको हुन सक्ने आशंकका प्रहरीको छ ।

प्रकाशित मिति : १३ माघ २०७६ सोमबार ००:००  ४ : ३५ बजे