८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०६ पुग्यो



एजेन्सी ।
चीनमा कोरोना भाइरसका कारण १ सय ६ जनाको मृत्यु भएको छ। भाइरका कारण चार हजार भन्दा बढी संक्रमित भएको चिनीयाँ अधिकारीहरुले जनाएका छन्। दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ। वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ।

विश्वभर फैलिएको यो सक्रंमणले अलिहे महामारीका रुपमा लिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। अहिले सम्म चीनबाहेक नेपालसहित ज्ञट देशमा यसको संक्रमण फैलिएको छ। अमेरिकामा पनि यसको सक्रमण फैर्लिपछि आफ्ना नागरिकलाई चीन यात्रामा जाँदा पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ। अन्य देशले पनि चीनको यात्रामा नजान र आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता ल्याउन थालेका छन्। चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन।

प्रकाशित मिति : १४ माघ २०७६ मंगलबार ००:००  ११ : ३३ बजे