६ असार २०८३, शनिबार | Sat Jun 20 2026

अर्घाखाँचीका अग्‍निपीडितलाई सरकारले राहत दियो



अर्घाखाँची ।


अर्घाखाँचीको सन्धिखर्क ११ डिभर्नाका अग्‍निपीडित ३ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राहत उपलब्ध गराएको छ। डिभर्नास्थित एकै टोलका गोपाल बस्याल, बसन्त बस्याल र तारा बस्यालको घरमा विद्युत सर्ट भइ गत शुक्रबार आगो लाग्दा १८ लाख रुपैयाँभन्दा बढीको धनमालमा क्षति पुगेको थियो। पीडितहरुलाई राहत दिन प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल सहितको टोली डिभर्ना पुगेको थियो। प्रशासनका तर्फबाट पीडित प्रति घर(परिवारलाई १० हजार रुपैयाँसहित एक सेट अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ।

प्रकाशित मिति : १९ माघ २०७६ आइतबार ००:००  १ : १६ बजे