१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कपिलवस्तुमा भदौ २२ गते सम्म निशेधाज्ञा



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुमा एक हप्ता निशेधाज्ञा थपिएको छ । जिल्ला कोरोना संकट ब्यवस्थापन समितीको सोमबार बसेको बैठकले एक साता निशेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कपिलवस्तुमा लागु गरिएको निशेधाज्ञाको अवधि सोमबार (आज) राति १२ बजे सकिँदै छ । गत भदौ सात गते बसेको कोरोना संकट ब्यवस्थापन समितिको बैठकले आजसम्मको लागि निशेधाज्ञाको समय थप गरेको थियो । समुदायस्तरमा कोरोना फैलिएपछि नियन्त्रणको लागि भन्दै गरिएको पूर्ण लकडाउनले पनि कोरोना नियन्त्रणमा आएको छैन ।

संक्रमितहरु बढेको बढ्यै भएपछि फेरि एक साता यही लकडाउनलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ । पछिल्लो समय समुदायस्तरमा कोरोना फैल्ने दर झन् तीव्र छ । यस्तै बैङ्क र वित्तिय संस्थाको लागि विहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय तोकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७ सोमबार ००:००  ४ : ५१ बजे