७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

चार करोड कारोबार गर्दै सकियो पाल्पा महोत्सव



पाल्पा ।
पाल्पा व्यापार संघले दमकडामा आयोजना गरेको ‘पाल्पा महोत्सव’ सकिएको छ । जिल्ला सदरमुकाम तानसेनस्थित मदनपोखराको दमकडामा फागुन १ देखि ११ सम्म सञ्चालन भएको महोत्सव आइतबार सकिएको हो। महोत्सवको अन्तिम दिनसम्म एक लाख १० हजार दर्शकले अवलोकन गरेका छन् ।
संघले राखेको लक्ष्यभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेलले बताए । दश दिनसम्म चलेको महोत्सवमा चार करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
पाल्पाको स्थानीय उत्पादनलाई प्रोत्साहन, बजारीकरण र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो। ‘पाल्पाको कृषि, पर्यटन, साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुको बजारीकरण गर्न सहज होस् भनेर महोत्सव आयोजना गरेका थियौं,’ अध्यक्ष पोखरेलले भने, ‘सोही उद्देश्य अनुरुप महोत्सव सफल भएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  १२ : ५१ बजे