८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

देशभरको मौसमः पश्चिममा वर्षा र हिमपात, मध्य र पूर्वमा आंशिक बदली



काठमाडौं ।
पश्चिमी न्युन चापीय प्रणालीका कारण शुक्रबार वर्षा र हिमपातको सम्भावना छ। देशका पश्चिमी क्षेत्रमा दिउँसो मेघगर्जन र हावाहुरीसहित हल्का बर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार पश्चिमी भेगको हिमालदेखि तराईसम्म नै मौसम बदली भई हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भेगमा दिउँसो हिमपात हुनेछ। शुक्रबार पश्चिमी भेगमा मात्रै देखिने न्युन चापीय प्रणालीको असर शनिबारदेखि मध्य र पूर्वी क्षेत्रमा पनि देखिने महाशाखाले जनाएको छ। स्थानीय वायुका कारण मध्य र पूर्वी पहाडी भेगमा शुक्रबार दिनभर मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद बासीले जानकारी दिइन्। काठमाडौं उपत्यकाको मौसम सामान्यतया सफा रहनेछ। पूर्वी र मध्य तराईको मौसम पनि आज सफा रहने छ। शुक्रबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ७ दशमलब २ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६ शुक्रबार ००:००  ८ : ४९ बजे