३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

प्रदेश ५ को मगरात–थरुहट नामाकरण गर्न माग



तिलोत्तमा ।
नेपाल आदिवासी जनजाति महासंघ प्रदेश ५ ले शुक्रबार प्रदेश नं ५ सभाका सभामूख पूर्ण बहादुर घर्तीमगरलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रदेश ५ को मगरात–थरुहट नामकरण गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझ्दै सभामुख घर्तीमगरले आदिवासी जनजाति महासंघको मागलाई सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
महासंघले स्वायत्त, संरक्षित र विशेष क्षेत्रहरुको सुनिश्चितता, प्रदेश ५ मा सरकारी कामकाजी भाषाको रुपमा मगर, थारु र अवधी भाषालाई मान्यता दिनुपर्ने, प्रदेश ५ मा आदिवासी जनजाति प्रतिष्ठान तत्काल गठन गर्नुपर्ने लगायत माग राखेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६ शुक्रबार ००:००  ५ : ५७ बजे