७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

पश्चिमी पहाडमा मेघगर्जनसहित वर्षाको सम्भावना



काठमाडौं ।
आज दिउँसो देशको मध्यका थोरै ठाउँ र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भूभागमा भने मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण अहिले विहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्यतया सफा रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

राति देशको पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पश्चिमी पहाडी भुभागमा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना पनि रहेको महाशखाले जनाएको छ।

आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ दशमलब १ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २४ डिग्री सेल्सियस सम्म पुग्न सक्ने महाशाखाले अनुमान गरेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६ सोमबार ००:००  ८ : १४ बजे