स्याङ्जा ।
बिरुवा गाउँपालिका–७ सुरुङमा भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । सोमबार राति करिब १० बजे सुरुङबाट बलेउतर्फ जाँदै गरेको रा १ त २१०० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सहचालक वनध्वज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टरमा तीनजना रहेको प्रहरीले बताएको छ । दुघर्टनास्थल पुग्नुअघि नै स्थानियले घाइते चालक १९ वर्षीय तेजबहादुर गुरुङ र १७ ठगराज गुरुङलाई उपचारका लागि पोखरा पठाएको प्रहरीले बताएको छ । चालकको चालक अनुमतिपत्र नभएको बताइएकाले अनुसन्धान भइरहेको छ ।







प्रतिक्रिया