२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

“कोरोनालाई पत्र”



नारायण खनाल ।

प्रिय कोरोना
मेरो देशमा घुम्न
न आउनु है
तिम्रो संस्कार ठिक
छैन भन्छन् सबैले ।

सुन्छु मान्छेको
प्राणपखेरु लिन
हतारिन्छयौ रे
फगतको रहर
कंसरुपी बनेर ।

तिमी नहुँदा
देश लुछेर हाँस्ने
पनि छन् यहाँ
घुसको पोको सँगै
आर्यघाट् जाने पनि ।

न्याय कुल्चने
समृद्धि छिल्ने पनि
तर कोरोना
हामी त नेपाली हौँ
आफन्त चुँड्न दिन्नौँ ।

चिरिन्छ मुटु
तर भातृत्व बोक्छ
अठोट् आमाको
आफै टुक्रिन्छु बरु
सन्तान मर्न दिन्न ।।

प्रकाशित मिति : २१ फाल्गुन २०७६ बुधबार ००:००  ७ : १४ बजे