२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

नेकपा वाणगंगा कमिटीले गर्‍यो चारनम्बरमा दीप प्रज्वलन



मायादेवी अनलाइन, चारनम्बर ।
प्रधानमन्त्री केपि शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेकपा वाणगंगा नगर कमिटीले चारनम्बर चोकमा दीप प्रज्वलन गरेको छ । वाणगंगा नगर कमिटीको आयोजनामा बुधबार साँझपख चारनम्वर चोकमा दिप प्रज्वलन गरिएको नगर कमिटीका सचिव टेकेन्द्र कुमार क्षेत्रीले मायादेवीलाई वताउनु भयो ।
नगर सचिव क्षेत्रीका अनुसार दीप प्रज्वलनमा नेकपा जिल्ला कमिटी अध्यक्ष झविलाल पोख्रेल, जिल्ला सचिव रामचन्द्र शाह, क्षेत्रिय इन्चार्ज कृष्ण पौडेल, प्रदेश कमिटी सदस्य जोनी बञ्जाडे, नगर अध्यक्ष शंकर पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष पोख्रेलले मृगौला प्रत्यारोपण सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६ बुधबार ००:००  ७ : १६ बजे