५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

शिवराजको वडा नं. १ मा गर्भवती महिलालाई अण्डा वितरण



मायादेवी अनलाइन, चन्द्रौटा ।
चाले आर्थिक बर्षको वडास्तरीय स्विकृती कार्यक्रम अन्तरगत शिवराज नगरपालिकाको वडा नं. १ ले गर्भवती महिलालाई अण्डा वितरण गरेको छ ।
शनिबार भएको एक कार्यक्रममा वडाभित्रका ६० जना गर्भवती महिलालाई एक÷एक क्यारेट अण्डा वितरण गरिएको हो ।
गर्भवती महिलाहरुको स्वास्थ्य स्याहार तथा अन्डा बितरण कार्यक्रम अन्तरगत शनिबार ६० जना महिलालाई अण्डा वितरण गरेको वडाध्यक्ष जगत बहादुर जिसीले जानकारी दिनुभयो ।
वडाले वितरण गर्ने अण्डा नियमित स्वास्थ्य चेकजाँच गर्नेले मात्र पाएका छन । स्वास्थ्य संस्थामा नियमित गर्भजाँच नगर्नेलाई यो सुविधा नदिएको वडा कार्यालयले जनाएको छ । वडाबाट पाउने सुविधा लिनका लागि गर्भवती महिलाले अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्ने बताइएको छ ।
वडाध्यक्ष जिसीको अध्यक्षतामा भएको अण्डा वितरण कार्यक्रममा नगर कार्यपालिका सदस्य लक्ष्मी हमाल, टीका बिक, अनमी अरुणा रायमाझी, रमा पाण्डे, उमा पुन मगर, सुआहारा कार्यक्रमका नैना अदै, तेजकुमार (राजु) घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
वडा कार्यालयले यी ६० जना गर्भवती महिला र महिला स्वास्थ्य स्वयमसेबिकालाई तालिम पनि दिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६ शनिबार ००:००  ८ : ४२ बजे