७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

६ महिनासम्म ऋण नउठाउन बैंकलाई श्रीलंकाका राष्ट्रपतिको निर्देशन



काठमाडौं ।
श्रीलंकाका राष्ट्रपति गोताभय राजपाक्षले मुलुकका बैंकहरुलाई छ महिना ऋण नउठाउन निर्देशन दिएका छन् । कोरोना भाइरसको असरले ऋण तिर्न व्यवसायीहरुलाई गाह्रो परेको भन्दै उनले ६ महिनासम्म पर्खन निर्देशन दिएका हुन् ।
राष्ट्रपति राजापाक्षले सहुलितय ब्याजदरमा ऋण उपलब्ध गराउन समेत बैंकहरुलाई निर्देशनसमेत दिएका छन् । ४ प्रतिशतको ब्याजदरमा व्यवसायीहरुलाई व्यववसायिक ऋण प्रदान गर्न उनले भनेका छन् ।
कोरोना भाइरसको कारण समस्यामा परेको अर्थतन्त्रमा सुधारको लागि श्रीलंकाले यस्तो योजना अघि सारेको हो ।
राष्ट्रका नाममा सम्बोधन गर्दै राजपाक्षले भनेका छन्, ‘बैंक र वित्तीय संस्थालाई ऋणको किस्ता बुझाउनु व्यवसायका लागि बोझ बन्न पुगेको छ ।’
श्रीलंकाले यसअघि नै पर्यटन क्षेत्रमा ऋण नउठाउन बैंकहरुलाई निर्देशन दिएको थियो । गत वर्ष श्रीलंकामा भएको आतंकवादी आक्रमण पछि श्रीलंकाको पर्यटन क्षेत्र नै प्रभावित बनेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७६ बुधबार ००:००  २ : ३८ बजे