७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ग्याँस पर्याप्त छ, छैन कसैले भन्छ भने लाइसेन्स खोस्छौँः प्रदेश अध्यक्ष गैरे(भिडियो)



मायादेवी अनलाइन, कपिलवस्तु ।

ग्याँस ब्यावसायी विक्रेता महासंघका प्रदेश नम्बर ५ का अध्यक्ष राम प्रसाद गैरेले अहिले ग्याँस अभाव नभएको बताउनु भयो । कोरोनाको कारण ग्याँस अभाव भइरहेको खबर मिडियामा आइरहेको बेला प्रदेश अध्यक्ष गैरेले प्रदेश ५ का कुनै पनि जिल्लामा ग्याँस अभाव नभएको बताउनु भएको हो । रेडियो मायादेवीको कार्यक्रम समय संवादसंग आज विहान कुरा गर्दै उहाँले ग्याँस अभाव भएको हल्ला निराधार भएकाले ढुक्क रहन उपभोक्तालाई आग्रह गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘भर्खर मात्र हाम्रो महासंघको वैठक बसेरै छलफल गरेका छौँ । कहिँकतै ग्याँस अभाव भएको खबर छैन ।’ उहाँले यदि कुनै डिलरले ग्याँस छैन र बढी मुल्यमा उपभोक्तालाई बेच्ने गरेको पाइए तत्काल कारबाही गरिने बताउनु भयो ।

ग्याँस ब्यावसायमा कालो बजारी गर्नेलाई कस्तो कारबाही गर्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, यो मानवीय संवेदनाको अवस्थामा उपभोक्तालाई सहज बनाउने बेलामा यदि कसैले बदमासी काम गरेको छ भने त्यसको लाइसेन्स सम्म खारेज हुन्छ ।

उहाँले ग्राहकले पनि आवश्यक भन्दा धेरै खरिद गर्न नहुने र विक्रेताले पनि ग्राहकको आवश्यक अनुसार नै विक्रि गरेमा ग्याँसको अभाव नहुने बताउनु भयो । नाकाबन्दी नै भए भन्न सकिन्न अहिलेको अवस्थामा ग्याँस पर्याप्त छ उहाँले भन्नुभयो । उहाँसंग गरिएको कुराकानी तलको लिंकमा पुरै सुन्न सक्नु हुने छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६ शुक्रबार ००:००  १० : ०९ बजे