६ असार २०८३, शनिबार | Sun Jun 21 2026

वुहानमा पाँच दिनको शून्यतापछि फेरि नयाँ सङ्क्रमण



काठमाडौं ।
अहिले विश्वभरि फैलिरहेको कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनको वुहान सहरमा पाँच दिनको शून्यतापछि फेरि उक्त भाइरस देखा परेको छ। कोभिड १९ नामक रोग लगाउने नयाँ कोरोनाभाइरस पहिलो पटक हुबे प्रान्तको उक्त सहरमा देखिएको थियो। त्यहाँ केही दिनयता सङ्क्रमण घट्दै गएको थियो तथा पाँच दिनदेखि कुनै पनि नयाँ सङ्क्रमण देखिएको थिएन। अहिले चीनभित्रबाट भन्दा पनि बाहिरबाट सङ्क्रमण भित्रिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। विश्व स्वास्थ्य सङ्गठन भन्छ, कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ
प्रकोप नियन्त्रणको सन्देश दिन चिनियाँ राष्ट्रपति वुहानमा
उनीहरूका अनुसार विगत २४ घण्टामा चिनियाँ मुख्य भूभागमा ८० वटा नयाँ सङ्क्रमण पाइएको छ। सङ्क्रमित व्यक्तिमध्ये चार जना बाहेक बाँकी सबै चीन बाहिरबाट आएको अधिकारीहरूको भनाइ छ। -बिबिसीबाट

प्रकाशित मिति : ११ चैत्र २०७६ मंगलबार ००:००  ३ : ३६ बजे