रेडियो   टिभी

शुक्रवार मस्जिदमा सामूहिक नमाज पढ्दैनौंः कृष्णनगरका मुस्लिम अगुवा


मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तु कृष्णनगर क्षेत्रका मुस्लिम अगुवाहरुले प्रत्येक हप्ताको शुक्रबार पढिदै आएको नवाज यो शुक्रबार नपढ्ने बताएका छन । विश्वभर कोरोना भाइरसले आक्रान्त भएको र नेपाल सरकारले ‘लकडाउन’ गरेकोले मस्जिदमा सामुहिक रुपमा पढिदै आएको नवाफ नपढ्ने अगुवाहरुले बताएका हुन् ।
विहीबार आफ्नै भाषामा एक विज्ञप्ति जारी गर्दै कृष्णनगर नगरपालिका भित्र रहेका बिभिन्न मदरसा, मस्जिदका अध्यक्षहरुले उक्त कुरा जनाएका हुन् ।
‘नेपाल सरकारले दिएको निर्देशनलाई मुस्लिम समुदायले समेत अपनाई कोरोना भाइरसको रोकथाम गर्न र सचेतना अपनाउन, मुस्लिम समुदाय मस्जिदमा अजान दिने तर नमाज पढ्नको लागि चार जना मात्र सहभागी हुने, बढी भिडभाड नगर्ने र शुक्रवारको नमाज आ–आफ्नो घरमा पढन मुस्लिम समुदायमा आग्रह गर्दछौं, जारी विज्ञप्तिमा भनिएको छ ।
जिल्लाको कृष्णनगर र चन्द्रौटा क्षेत्र मुस्लिम समुदायको बाहुल्यता भएको क्षेत्र हो । विज्ञप्तिमा कृष्णनगर नगरपालिकमा रहेको जामिया सिराजुलउलुम अलसल्फिया झण्डानगरका अध्यक्ष समीम अहमद नदवी, ५ नं.प्रदेश मदरसा बोर्ड समितिका उपाध्यक्ष मौलाना मसहूद खाँ नेपाली, मुस्लिम संगठन नेपालका अध्यक्ष सिराज अहमद फारुकी, राष्ट्रिय मदरसा संघ नेपा का राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अलकुफी, मदरसा खादिजुलकुबराका अध्यक्ष अब्दुल अजीम मदनी, जामिया इस्लामिया नाइमियाका कार्यवाहक अध्यक्ष अब्दुल कलाम खां, मौलाना जमालहरुको हस्ताक्षर रहेको छ ।
उक्त सामुहिक विज्ञप्तिमा हेरा एजुकेशनल एण्ड वेलफेयर सोसाइटी शिवराज नगरपलिकाका उपाध्यक्ष शैख अरसद मक्की, शैख जैस मक्की लगायतहरुले प्रेस विज्ञप्तिको समर्थन समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस