४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

युएईमा ७२ जनामा थप कोरोना संक्रमण, २ नेपाली कामदार पनि



काठमाण्डौँ ।
युएई (संयुक्त अरब इमिरेट्स) मा फेरि दुई जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।यूएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार ७२ जनामा थप संक्रमण देखिएको र त्यसमध्ये २ जना नेपाली रहेको पुष्टि गरेको हो । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ नेपाली सहित ७२ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको यहाँका स्थानीय संचारमाध्यम गल्फन्युजले लेखेको छ।

मन्त्रालयका अनुसार ईमाराती सहित, श्रीलंका ,जोर्डन, प्यालेष्टाइन, इरान, कोमोरोस, चीन, साउदी अरब, काजकिस्तान, सर्बीया, ग्रीस, उरुग्ये, रोमानिया स्विेडन, दक्षिण अफ्रिका, इराक, यमन, इथोपिया, बेलायत, पाकिस्तान लेबनान भारत र बंगलादेशका नागरिक गरि ७२ जनामा संक्रमणको पुष्टि भएको छ । संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अुनसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

यूएईमा हालसम्म ४ सय ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार शुक्रबार एक पाकिस्तानी र दुई जना बंगलादेशी नागरिक सहित ३ जना उपचारपछि निको भएका छन् । यो सँगै यूएईमा उपचार पछि निको हुनेको संख्या ५५ पुगेको छ । त्यसरी निको हुनेमा यस्अघि दुई जना नेपाली पनि थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७६ शनिबार ००:००  ७ : ५२ बजे