७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

बुटवल आइसोलेसनमा उपचार गरिरहेका युवाको मृत्यु, दुबईबाट नेपाल आएका थिए



बुटवल ।

कोरोना भाइरसको संक्रमणको आशंकामा रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो। उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए।

उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। उनी चैत ८ गते वैदेशिक रोजगारीबाट नेपाल आएका थिए। उनी दुबईबाट नेपाल आएका थिए। बिरामीको मृत्यु भएपछि अहिले अस्पताको बैठक बसेको छ। बैठकपछि थप जानकारी गराइने भएको छ।

प्रकाशित मिति : १६ चैत्र २०७६ आइतबार ००:००  २ : ४७ बजे