१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नेपालमा १ हजार ६० जनाको कोरोना परीक्षण, ५ जना बाहेक सबैको रिपोर्ट नेगेटिभ



काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जाँच्न अहिलेसम्म नेपालमा १ हजार ६० वटा परीक्षण गरिएको छ। तीमध्ये १ हजार ५५ वटा परीक्षण नेगेटिभ देखिएको छ।अहिलेसम्म ५ जनामा संक्रमण देखिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।संक्रमित भएका ५ जना मध्य चार जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने एक जना निको भएर घर फर्किसकेका छन्।संक्रमित पाँचै जना विदेशबाट नेपाल फर्किएका हुन्।हाल भाइरसको संक्रमण विश्वका २ सय देशमा फैलिसकेको छ।विश्वभर ७ लाख ९९ हजार ७ सय ४१ जना संक्रमित भएका छन् भने ८ हजार ७ सय २१ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै संक्रमित भएका १ लाख ६९ हजार ९ सय ९५ जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ७ : ०२ बजे