१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बुटवलमै कोरोना जाँचको सुविधा, एक दिनमै हजारसम्म परीक्षण हुने



बुटवल ।
कोभिड १९ अर्थात् कोरोना जाँच गर्न उपत्ययका जानु पर्ने बाध्यता टरेको छ । चीनबाट ल्याएको पाँच वटै प्रोटेवल पिसिआर मेसिन सही अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाएर सेवा सुरु गर्ने तयारी भएसंगै अब कोरोना जाँच गर्न काठमाण्डौँ जानु पर्ने बाध्यता टरेको हो । कोविड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालका अनुसार एकै दिनमा एक हजार जनाको जाँच गर्ने गरी तयारी भएको जानकारी दिनुभयो ।
सरकारले तत्काल सञ्चालन गर्नसक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याव र स्तरोन्नती गर्नुपर्ने स्थानमा प्रोटेवल पिसिआर ल्यावबाट जाँच सुरु गर्न पनि उहाँले जानकारी दिनुभयो । सरकारले जाचँलाई तिव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्लाली प्रदेशको सुर्खेत र सुदुरपश्चिमको धनगढीबाट तत्काल प्रोटेपवल पिसिआरबाट जाँच सुरु गर्ने तयारी गरेको छ ।
हाल उपत्यका बाहिरको लागि धरानमा परीक्षण सुरु भइसकेको छ भने हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याव तत्काल सञ्चालन गर्नसक्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
खनालले उपत्यका बाहिर स्तरोन्नती गरी कोविड १९ परीक्षण गर्नसक्ने प्रयोगशालाको अध्ययनका लागि टोली गइसकेको जानकारी दिनुभयो । मंगलबारबाट पोखरामा प्रोटेवल मेसिनबाट कोविड १९ जाँच सुरु गरिसकिएकाले अब बाँकी तोकिएका स्थानबाट कोरोना जाँच गर्ने मन्त्रालयले तयारी छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ८ : ०० बजे