२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बुटवलको कोरोना अस्पतालमा निधन भएका थापाको शव चार दिनसम्म उठेन, दोषी को ?



बुटवल ।
बुटवलको कोरोना अस्पतालमा ज्यान गुमाएका युवकको शव अझै उठ्न सकेको छैन । पाल्पा रिब्दिकोट गाउँपालिका–६ मा स्थायी घर भएका बाबुराम थापाको शब चार दिनसम्म नउठ्दा यसले थप चिन्ता थपेको छ । गत चैत १६ गते उपचारका क्रममा धागो कारखानाकोे अस्पतालमा उनलाई भर्ना गरिएकोमा ४ दिनअघि उनको जयान गएको थियो ।

मृतकका परिवार सैनामैना नगरपालिका वडा नंं. ४ सिसौडाँडामा कोठा भाडामा बस्दै आएका छन् । मृतकका परिवारले मृत्युको यथार्थ रिपोर्ट दिन अस्पतालाई माग गरेका छन् भने क्षतिपुर्ति समेत सरकारले दिनुपर्ने भनिरहेका छन् । यी दुवैमा सरकार र अस्पत्तालले वेवास्ता गरेका कारण शव उठाउन नमानेको पारिवारिक श्रोतले बताएको छ ।
गत ६ चैतमा दुबईबाट नेपाल आएका उनलाई हल्का ज्वरो देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । मृतक थापाकी श्रीमती रिता थापाले कोरोनो नेगेटिभ भए मृत्युको यथार्थ रिपोर्ट दिन माग गर्नुभएको छ । उहाँले अस्पतालले नै मारेको दाबी गर्नुभएको छ । उहाँले छोराहरु र आफूलाई पनि सरकारले हेर्नुपर्ने माग गर्नुभयो । यता लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुर्दशन थापाले बाबुरामको मृत्यु निमोनियाले भएको रिपोर्ट आएको र शव बुझ्नका लागि परिवारलाई खवर गरिएको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६ बुधबार ००:००  ८ : ४६ बजे