२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

कोरोनाबाट भारतमा एकै दिन १० जनाको मृत्यु



काठमाडौं ।
विश्वभर महामारीका रूपमा देखिएको कोरोना भाइरसको फैलावट भारतमा पनि बढ्दो क्रममा देखिएको छ । बुधबार भारतमा कोरोना भाइरस संक्रमण थप १० जनाको मृत्यु भएको छ ।
१० जना थपिएसँगै मृत्यु हुनेको संख्या ४५ पुगेको छ । करिब १६ सय ९१५ सय ९०० जना संक्रमित पुगेका छन् । बुधबार मात्रै १ सय ९० जना नयाँ संक्रमित भएका छन् ।
भारतले संक्रमण फैलन नदिन लकडाउन गरे पनि पर्याप्त उल्लंघन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विश्‍वभर हालसम्म ८ लाख ६१ हजार १ सय १३ जना संक्रमित हुँदा ४२ हजार ३८५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६ बुधबार ००:००  ३ : ४३ बजे