४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कोरोना महामारीः विजयनगरमा सर्वपक्षिय बैठक, के के भए निर्णय ?



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिमा कोरोना भाइरस संक्रमण नियन्त्रण तथा लकडाउन अवधिभर गाउँपालिका भित्रका गरिब विपन्न, तथा मजदुर वर्गका घरपरिवारलाई राहत वितरण सम्बन्धी गोपाल बहादुर थापाको संयोजकत्वमा सर्वदलीय, सर्वपक्षिय बैठक बसेको छ ।
बैठकमा गाउँपालिकाले चालेका कदमको प्रशंसा गर्दै पूर्णरुपमा लकडाउनलाई पालना गर्नुको साथै विशेष योजनाका साथ अगाडी बढ्न सबै सरोकारवालाले जोड दिइउको छ । बैठकमा आएका सुझाव अनुसार अघि बढ्न विभिन्न निर्णयहरु गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो ।


सर्वपक्षिय बैठकले गरेका यी हुन निर्णय

  • बैठकले कोरोना भाइरस संक्रमणका कारण त्यो बाहेकका विरामीहरुलाई असर परिरहेका अवस्थामा यस गाउँपालिकाका स्वास्थ्य संख्याहरुको स्थान र अन्य उपयुक्त स्थानबाट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको टोली बनाई घुम्ती टोली आवश्यकता अनुसार खटाउने ।
  • राहत वितरण तथा आर्थिक सहायताको काम एकद्धार प्रणाली अवलम्बन गरी गाउँपालिकामार्फत मात्र गर्ने ।
  • राहत सामग्री तथा आर्थिक सहायता उपलब्ध गराउन चाहने व्यक्ति संघ वा संस्थाले गाउँपालिकाको राहत कोषमा जम्मा गर्नुपर्ने, अत्यावश्यक सेवा लिनेदिने कृषकहरुलाई आवश्यक इन्धन लगायतको व्यवस्थापनका लागि गाउँपालिका तथा प्रशासनबाट आवश्यक पहल र सहजीकरण गर्ने ।
  • कालोबजारी नियन्त्रण लागि सिमित आपूर्तिको छनोट गर्ने तथा अनिवार्य मूल्य सुची राख्ने व्यवस्था गर्ने ।
  • निरन्तर अनुगमन तथा खबरदारी गर्ने, जहाँ जसले कालोबजारी भएको जानकारी प्राप्त गर्छ तत्काल सम्बन्धित निकायमा जानकारी गराउने र त्यस्तो व्यक्ति तथा विक्रेतालाई कानुन बमोजिम प्रक्रिया अगाडी बढाउने ।
  • राहत सामग्री वितरण पारदर्शी र वास्तविक व्यक्तिले प्रत्यक्ष लाभ लिने निर्णय भएको जानकारी दिँदै यस संकटको घडीमा आफू बचौँ र अरुलाई पनि बचाऔँ, कोही पनि अनावश्यक रुपमा घर बाहिर ननिस्कौँ, लकडाउन अवधिलाई पूर्णरुपमा पालना गरौँ, गाउँपालिकाकाले विहीबारदेखि राहत वितरण कार्य अघि बढाएकोमा सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६ बिहिबार ००:००  ३ : ४३ बजे